२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

घट्यो सेयर बजार, नेप्से २७३० अंकमा, कति भयो कारोबार ?


सञ्चार डबली
  • सोमबार, जेठ ४ २०८३
  • 5.3K
    SHARES

  • images
    घट्यो सेयर बजार, नेप्से २७३० अंकमा, कति भयो कारोबार ?

    काठमाडौं- साताको पहिलो कारोबार दिन आज (सोमबार) नेप्से परिसूचक सामान्य गिरावटसहित बन्द भएको छ। आज नेप्से परिसूचक १.०३ अंकले घटेर २,७३०.९१ बिन्दुमा  कारोबार बन्द भएको छ । जुन ०.०३ प्रतिशतको गिरावट हो।

    Screenshot 2026-05-18 152630

    आज कुल ५८ लाख २८ हजार ६ सय ४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ४५ करोड ८ लाख ७८ हजार ४ सय ४९ रुपैयाँ पुगेको छ । कारोबार भएका कम्पनीहरूमध्ये ११९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ र १८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

    आज सबैभन्दा बढी कारोबार साहस ऊर्जा लिमिटेडको भएको छ । जसको कारोबार रकम करोड, ४३ लाख, ८९ हजार, ८ सय ६० रुपैयाँ पुगेको छ । त्यसैगरि रिलायन्स स्पिनिङ मिल्सको ७ करोड, ३४ लाख, ८८ हजार, ९ सय ९८ रुपैयाँ कारोबारसहित दोस्रो स्थानमा रहेको छ । एस वाई प्यानलको ७ करोड, १३ लाख, १२ हजार, ५ सय ३२ रुपैयाँको बारोबार भएको छ भने अपी पावर कम्पनी लिमिटेडको ६ करोड, १६ लाख, ५६ हजार, ४ सय ७२ रुपैयाँको बारोबार भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend