२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाराजगञ्जस्थित निवासबाटै पक्राउ


सञ्चार डबली
  • आइतबार, असोज ११ २०८३
  • 814
    SHARES

  • images
    पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाराजगञ्जस्थित निवासबाटै पक्राउ

    काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई  गएराती काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो ।

    प्रहरी स्रोतका अनुसार कार्यालयमा दर्ता भएको एक उजुरीका आधारमा जबरालाई पक्राउ गरिएको हो । तर, उनीविरुद्ध परेको उजुरीको विषय र लगाइएको कसुरबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन । जबरालाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि कार्यालयमा लगिएको जनाइएको छ ।

    उनीविरुद्धको उजुरी र अनुसन्धानको विषयमा प्रहरीले थप विवरण सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend