२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बाढीपछिको पुनर्निर्माणका लागि वित्तीय स्रोत जुटाउन अर्थमन्त्री वाग्ले कतारमा


सञ्चार डबली
  • आइतबार, असोज ११ २०८३
  • 693
    SHARES

  • images
    बाढीपछिको पुनर्निर्माणका लागि वित्तीय स्रोत जुटाउन अर्थमन्त्री वाग्ले कतारमा

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी बैंकको ११औँ वार्षिक बैठकमा सहभागी हुन शनिबार साँझ कतारको राजधानी दोहा प्रस्थान गरेका छन् । कतार एयरवेजको नियमित उडानमार्फत नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ लागेका हुन् ।

    नेपालका लागि यस पटकको एआईआईबी बैठक विशेष र उपलब्धिमूलक बन्ने अपेक्षा गरिएको छ । यस पटकको वार्षिक बैठकबाट नेपालले एआईआईबीको उपाध्यक्षको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने कार्यक्रम रहेको छ । यो नेपालका लागि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति र प्रभाव बढाउने ठूलो अवसर हो ।

    मन्त्री वाग्लेले बैठकमा मुख्य गरी गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग र जलवायु वित्त जुटाउने विषयलाई प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ । नेपाल जलवायुजन्य विपद्को उच्च जोखिममा रहेको र यसको क्षति परिपूर्तिका लागि वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइने मन्त्रालयले जनाएको छ ।

    भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा भाग लिनुका साथै एआईआईबीका अध्यक्ष, एवं भारत, चीन, बंगलादेश, कतार र माल्दिभ्सका अर्थमन्त्रीहरूसँग छुट्टाछुट्टै उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नेछन । यी भेटवार्ताहरूमा नेपालको पूर्वाधार विकास, नवीकरणीय ऊर्जा, र आर्थिक वृद्धिका प्राथमिकताहरूमा बहुपक्षीय सहयोग र लगानी परिचालनबारे विस्तृत छलफल हुनेछ ।

    प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि सहभागी छन् । वार्षिक बैठक तथा निर्धारित भेटवार्ताहरू सम्पन्न गरी अर्थमन्त्री नेतृत्वको टोली आगामी असोज १४ गते बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend