२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, साढे ५ अर्बको कारोबार


सञ्चार डबली
  • बिहीबार , असोज ८ २०८३
  • 858
    SHARES

  • images
    नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, साढे ५ अर्बको कारोबार

    काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ११.७७ अंकले बढेर २ हजार ६ सय २९.८१ अंकको बिन्दुमा पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ ।

    आज नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । बिहीबार ५ अर्ब ४४ करोड ७३ लाख १३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको थियो ।

    आज सबैभन्दा धेरै कमाउनेमा नेपाल ल्यूब आयलका लगानीकर्ता रहेका छन् । यो कम्पनीको सेयर मूल्य १२.४७ प्रतिशतले बढेर २ सय ७१ रुपैयाँ ३० पैसा कायम भएको छ । यता, यसदिन सबैभन्दा धेरै गुमाउनेमा मिड सोलु हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । यो कम्पनीको सेयर मूल्य ११.५८ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend