२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

अल्पविकसित देशको विकासलाई प्राथमिकतामा राख्नुपर्छः उपाध्यक्ष श्रेष्ठ


सञ्चार डबली
  • मंगलबार, साउन २ २०८०
  • 8.4K
    SHARES

  • images
    अल्पविकसित देशको विकासलाई प्राथमिकतामा राख्नुपर्छः उपाध्यक्ष श्रेष्ठ


    काठमाडौं, २ साउन । अल्पविकसित राष्ट्रहरूमा दिगो विकासकालक्ष्यहरु (एसडीजी)को कार्यान्वयनका लागि तीव्रता दिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठले विश्वसमुदायलाई आग्रह गरेका छन् । न्युयोर्कमा जारी संयुक्त राष्ट्र संघको उच्च स्तरीय राजनीतिक मञ्चमा उनले बहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचनाको सुधारको आवश्यकतामा जोड दिए ।

    नेपाली प्रतिनिधि मण्डलको नेतृत्वगर्दै न्युयोर्कमा जारी उच्च स्तरीय राजनीतिकफोरमको बैठकमा सहभागी भएका उपाध्यक्ष श्रेष्ठलेभने ‘‘अतिकमविकसित मुलुक (एलडिसी)हरु विश्वव्यापी फोकसको केन्द्रविन्दु हुनुपर्छ, एलडिसी सफल भए एसडिसीहरु सफल हुन्छन्’ उनले एलडीसीहरूको लागि दोहाकार्य योजनाको पूर्ण र समयमै कार्यान्वयनगर्न नवप्रवर्तन र प्रविधि हस्तान्तरण मार्फत

    संरचनात्मक रूपान्तरणका गर्न एलडीसीहरूलाई सहयोग गर्न विश्वव्यापी समुदायलाई आग्रहपनि गरेका छन् । उच्चस्तरीय पोलिटिकल फोरममा सहभागीहुन नेपाली टोली १३ जुलाईमा अमेरिकाको न्यूयोर्क पुगेको थियो ।

    उपाध्यक्षश्रेष्ठले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा संघीय सांसद सदस्यतथा राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका अध्यक्ष प्रकाशपन्थ, संघीय सांसद तथाएमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला, सांसद माधव सापकोटा, योजनाआयोगका सदस्य सचिव तोयनारायण ज्ञवाली, नेपाल सरकारका सचिव तथा अधिकारीहरु र संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अधिकारीहरु सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend