२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

धरानका मेयर हर्क साम्पाङको चेतावनीमा बालेन शाहले जनाए समर्थन


सञ्चार डबली
  • आइतबार, वैशाख ३ २०८०
  • 12.1K
    SHARES

  • images
    धरानका मेयर हर्क साम्पाङको चेतावनीमा बालेन शाहले जनाए समर्थन


    काठमाडौं,वैशाख ३ गते ।  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले कोसी नदीको पानी धरान ल्याउने परियोजनामा बजेट नपरे धरानमा सांसद्हरूलाई निषेध गर्ने दिएको चेतावनीमा समर्थन जनाएका छन् ।

    आज सामाजिक सञ्जाल मार्फृत उनले  यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ’ लेखेक छन् । उनको त्यस अभिव्यक्तिलाई प्रमुख शाहले ‘पूर्ण समर्थन, गर्ने नै त्यहि हो’ भन्दै संक्षिप्त टिप्पणी गरेका छन् ।

    राईले भनेका छन्, ‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ ।  तल तीनकुने मै बोर्ड राखिनेछ फोटो सहितको  ।  ख्याल नठान्नु होला ।  यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु ।’

  • सम्बन्धित विषय:

  • # बालेन शाहले जनाए समर्थन
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend