२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

वीर अस्पतालका ७०० जनरल बेड आम सर्वसाधारणका लागि शुक्रबारदेखि निःशुल्क


सञ्चार डबली
  • शुक्रबार, असार ८ २०८०
  • 9.9K
    SHARES

  • images
    वीर अस्पतालका ७०० जनरल बेड आम सर्वसाधारणका लागि शुक्रबारदेखि निःशुल्क

    शुक्रबार, ०८ असार २०८०,
    काठमाडौँ । वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि निःशुल्क गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषदले वीरका ७०० वेड सर्वसाधारणका लागि निःशुल्क गर्ने निर्णय गरेको हो ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल गरिबका लागि भन्दै उक्त निर्णय गरिएको बताए । यसअघि प्रतिबेड २०० रुपैयाँ शुल्क लिने गरिएको थियो । अबदेखि कोही पनि विरामीले बेडका लागि पैसा तिर्नुनपर्ने मन्त्री बस्नेतले बताए । 

    नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले भने, ‘मैले हिजो राति नै न्याम्सको बैठक बोलाएर ७०० बेड निःशुल्क गर्न निर्देशन दिएको छु । आजैदेखि लागू हुनेगरी निर्णय भइसकेको छ ।’ बेड निःशुल्क गर्दा वीर अस्पताललाई वार्षिक ५ करोड भन्दा बढी रकम व्यवस्थापन गर्नुपर्ने देखिएको उक्त रकम सरकार र आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने मन्त्री बस्नेतले बताए । अस्पतालको क्याबिन र आईसीयूमा भने शुल्क लाग्नेछ । न्याम्स कार्यकारीको बैठकले उक्त निर्णय गराउन निर्देशन दिएका थिए । सोही आधारमा वीरले निःशुल्क गराउने निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend