२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रचण्डले एमालेलाई नभइ आफैलाई धोका दिए–शंकर पोखरेल


सञ्चार डबली
  • शनिबार, वैशाख २ २०८०
  • 8.5K
    SHARES

  • images
    प्रचण्डले एमालेलाई नभइ आफैलाई धोका दिए–शंकर पोखरेल


    काठमाडौं, वैशाख २ गते ।  नेकपा (माओवादी केन्द्र) को सहयोगी बन्न नेपाली कांग्रेस र नेकपा एमालेबिच तछाडमछाड भएको नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बताएका छन्। नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत आज हेटौँडामा भएको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव पोखरेलले नेपाली कांग्रेस र नेकपा एमाले पार्टी कसैसँग गठबन्धन नगरेर एक्लै चुनावमा लडेको भए साना पार्टी जनताबाट जनादेश नचाहेको पार्टीले शाषण गर्ने प्रवृत्तिको अन्त्य हुनेसमेत बताएका हुन। 

    महासचिव पोखरेलले प्रचण्डले माओवादीलाई धोका दिएको र त्यसको परिणाम केही समयभित्रै थाहा हुने बताउका छन् ।  अध्यक्ष प्रचण्डले एमालेलाई नभइ आफैलाई धोका दिएको बताएका छन्। कार्यक्रममा पोखरेलले माओवादी नेतृत्वको सरकारले देशको अर्थतन्त्र सुधार गर्न नसक्ने बताए। माओवादी–कांग्रेस सरकारसँग अर्थतन्त्र सुधार गर्ने कुनै पनि कार्यक्रमहरू नरहेको भन्दै महासचिव पोखरेलले सरकारको कारण देशको अर्थतन्त्र डामाडोल बनेको आरोप लगाए।

  • सम्बन्धित विषय:

  • # शंकर पोखरेल
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend