२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक


सञ्चार डबली
  • सोमबार, चैत २० २०७९
  • 15.3K
    SHARES

  • नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार उक्त योजना कम्पनीको प्रधान कार्यालय कमलादीमा सार्वजनिक गरेको हो ।

    आफ्नो परिवारलाई आर्थिक संकटको सामना कहिल्यै पनि गर्न नपरोस् र आफ्नो वृद्ध अवस्थासम्म पनि आफू आर्थिक रूपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसाथ गर्दै एकै बिमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी कम्पनीले ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना’ सार्वजनिक गरेको हो ।


    ‘सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुआत’ भन्ने नाराका साथ नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरिएको हो । एउटै बिमा योजनाबाट दुई किसिमको सुविधा प्राप्त गर्न सकिने यो जीवन बिमा योजना सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमा हो । 

    जसमा बिमितको प्रवेश उमेर १८ वर्षदेखि ६५ वर्ष हुने तथा न्यूनतम बिमा शुल्क भुक्तानी अवधि पाँच वर्षदेखि अधिकतम बिमा शुल्क भुक्तानी अवधि ३५ वर्र्षसम्म हुने बताइएको छ । यो योजनाको न्यूनतम बिमाङ्क रकम २५ हजार रूपैयाँ तथा अधिकतम बिमाङ्क रकम आयश्रोतको आधारमा निर्धारण गर्न सकिने पनि जानकारी गराइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend