२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सिप्रदी र म्याक लुब्रिकेन्टको ‘म्याक स्टार नाइट्’  कार्यक्रम सम्पन्न


सञ्चार डबली
  • आइतबार, मंसिर ९ २०८१
  • 8.2K
    SHARES

  • images
    सिप्रदी र म्याक लुब्रिकेन्टको ‘म्याक स्टार नाइट्’  कार्यक्रम सम्पन्न

    काठमाण्डौं । सिप्रदी ट्रेडिङ्ग एवं भारत पेट्रोलियम कोर्पोरसन लिमिटेड्ले संयुक्त रूपमा ‘म्याक स्टार नाइट्’ कार्यक्रम सम्पन्न गरेको छ । राजधानीको सोल्टी होटेलमा गत मंगलबार आयोजित सो कार्यक्रम म्याक स्टार नाइटमा डिलरहरुको अतिरिक्त उपस्थितिमा म्याक सिप्रदी स्टार एप एवम रुबी प्लस गृजको उद्घाटन गर्दै सम्पन्न भएको हो ।

    कार्यक्रममा सिप्रदीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन आधिकृत राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरव राज थपलिया लगायत भारत पेट्रोलियम बाट कार्यकारी निर्देशक शुभान्कर सेन, रणनीति तथा अन्तर्राष्ट्रिय विभागका उपमहाप्रबन्धक राहुल दोङ्रे, पूर्व क्षेत्रिय प्रमुख रविकान्त गोविन्दु, प्राविधिक सेवा कार्यकारी हिमांग्शु सिंघललगायात अधिकारीहरूको उपस्थिति थियो।

    म्याक सिप्रदीका श्रेष्ठ १० ओटा डिलरहरुलाई विभिन्न विधामा सम्मानित गरिएको थियो। त्यस्तै, म्याक सिप्रदीका १० वटा डिलरहरूलाई उत्कृष्ट कार्य गरे बापत विभिन्न विधामा सम्मानित गरिएको थियो।

    सम्मानित डिलरहरु सप्तकोशी बियरिङ्ग, डाइनयामिक ट्रेडिंग, फोर बी सप्लायर्स, खेतान ट्रेडिंग, मनकामना अटो मोबाइल्स, बंगलामुखी मोटर ट्रेडर्स, अस्त्र ईन्टरनेशनल, भवानी ट्रेड लिंक, नेक्स्ट जेनेरेसन अटोमोटिभ र कामना सप्लायर्स रहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend