२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता छ : गभर्नर अधिकारी


सञ्चार डबली
  • आइतबार, भदौ १६ २०८१
  • 8.1K
    SHARES

  • images
    बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता छ : गभर्नर अधिकारी


    काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य क्षेत्र सबल रहेको बताएका छन्  । नेपाल आर्थिक पत्रकार समाजको २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता रहेको बताएका हुन् ।

    उनले  भने, ‘अर्थतन्त्रका बाह्य क्षेत्र अत्यन्तै सबल छ । मुद्रास्फ्रिती सायद इतिहासमै  तल छौं । त्यसैगरी बाह्य क्षेत्रसंगसँगै बैंकिङ सिस्टममा प्रशस्तै प्रचुर मात्रामा तरलता छ । तरलता, हालको अवस्था, सवलतालाई हेरेर नेपाल राष्ट्र बैंकले पछिल्लो मौद्रिक नीतिमा धेरै नै लचक ल्याएको छ ।’

    साथै उनले तरलताकै आधारमा बैंकिङ प्रणालीको ब्याजदरहरु तल रहेकोे बताए । उनले भोलिको दिनमा आर्थिक क्रियाकलापहरुलाई  अगाडि बढाउनको लागि र नीजि क्षेत्रको मनोबललाई उच्च राख्नको लागि प्रशस्त मात्रामा आधारशिला खडा भएको बताए ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend