२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सहुलियतपूर्ण दुरुपयोग भएको कर्जा फिर्ता नलिए कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी 


सञ्चार डबली
  • मंगलबार, जेठ २९ २०८१
  • 7.4K
    SHARES

  • images
    सहुलियतपूर्ण दुरुपयोग भएको कर्जा फिर्ता नलिए कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी 

     

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट विभिन्न १० वटा क्षेत्रमा प्रदान हुँदै आएको सहुलियतपूर्ण कर्जा दुरुपयोग भएको राष्ट्र बैंकले जनाएको छ । बैंकले चैत मसान्तसम्म प्रवाह भएको ऋणमध्ये ७ प्रतिशत ऋण दुरुपयोग भएको निष्कर्ष निकालेको हो ।

    बैंकले गरेको अध्ययनमा चैत मसान्तसम्म १ लाख २७ हजार २ सय १२ जना ऋणीमा अध्ययन गर्दा ७ प्रतिशतले सहुलियतपूर्ण कर्जा दुरुपयोग गरेको फेला पारेको थियो। चैत मसान्तसम्म ऋणीले १ खर्ब ४० अर्ब ५० करोड रुपैयाँबराबरको सहुलियतपूर्ण कर्जा उपभोग गरेका थिए । 

    सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ बनाएर व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जालगायतका १० प्रकारका कर्जामा सहुलियतपूर्ण कर्जा प्रदान गर्नुपर्ने व्यवस्था गरेको थियो ।साथै ऋणीबाट ब्याजअनुदान फिर्ता नलिएका बैंक तथा वित्तीय संस्थालाई काराबाही गर्ने समेत बैंकले जनाएको हो ।

    यसअघि २०८० माग १० गते बसेको बैंकको सञ्चालक समितिले दुरुपयोग भएको ऋणबारे छानबिन गर्दै त्यस्ता ऋणीबाट सुविधा फिर्ता लिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिने निर्णय गरेको थियो । राष्ट्र बैंकको सुपरिवेक्षण विभागले मंगलबार सूचना जारी गर्दै प्रतिवेदन र बैठकले गरेको निर्णय कायान्यवन गर्न बैंकहरुलाई निर्देशन दिएको छ ।

    यसअनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह भएको कर्जा दुरुपयोग भएको आशंकामा राष्ट्रबैंकले गरेको एक अध्ययनले ७ प्रतिशतले दुरुपयोग भएको निष्कर्ष निकालेको हो । बैंकले सदुपयोग नभएका कर्जा वापतको ब्याज अनुदार तथा सुविधा ऋणीबाट फिर्ता गर्न निर्देशन दिइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend