२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आज नेप्सेमा सामान्य अंकको वृद्धि


सञ्चार डबली
  • सोमबार, जेठ २८ २०८१
  • 8.4K
    SHARES

  • images
    आज नेप्सेमा सामान्य अंकको वृद्धि

     

    काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा सामान्य अंकको वृद्धि भएको छ । लगातार केही दिनदेखि ओरालो लागिरहेको बजार सोमबार भने ८ अंकले बढेको हो ।आज नेप्से परिसूचक ८ दशमलव ९० अंकले बढेर २०८२ दशमलव ०२ को विन्दुमा पुगेको छ । सोमबार ३१४ कम्पनीका ७१ हजार ९ सय ४८ पटकको कारोबारमा १ करोड १६ लाख ३४ हजार ६ सय १८ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम ५ अर्ब ४९ करोड ६० लाख ९ हजार रुपैयाँ रहेको छ ।

    त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ० दशमलव ८६ अंकले बढेर ३६९ दशमलव ०५ को विन्दुमा पुगेको छ । १७६ कम्पनीको सेयर भ्यालु बढ्दा ६१ वटाको घटेको छ भने ९ वटा स्थिर रहेको छ । १३ उपसमूहमध्ये ६ वटा को परिसूचक घटेर बन्द भएको छ भने ७ वटा बढेको छ ।

    आज सर्वाधिक कमाउनेमा निर्जीवन बीमा कम्पनी रहेको छ । जुन १३४ दशमलव ८८ अंकले बढेको छ । हाइड्रोपावर ५० दशमलव ७४ अंकले बढेको छ भने फाइनान्स कम्पनी २५ दशमलव ९३ अंकले बढेको छ । त्यस्तै, होटेल, पर्यटन र व्यापार कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् ।

    सोमबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै ४१ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने माउन्टेन इनर्जीको २४ करोड ४७ लाख र जानकी फाइनान्सको १६ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend