२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटयो राष्ट्र बैंक


सञ्चार डबली
  • आइतबार, जेठ २७ २०८१
  • 7.8K
    SHARES

  • images
    आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटयो राष्ट्र बैंक

    काठमाडौँ, जेठ २७ । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटेको छ । केन्द्रीय बैंक आगामी आर्थिक वर्ष २०८१(८२ को मौद्रिक नीतिको तयारीमा जुटेको हो ।

    बैंकले एक सूचना जारी गर्दै आगामी वर्षको मौद्रिक नीतिमाथि राय÷सुझाव नै मागेको छ । आज जारी एक सूचनाअनुसार यही असार १६ भित्र सुझाव उपलब्ध गराउन सरोकारवालालाई भनिएको छ ।

    केन्द्रीय बैंकले साउन पहिलो साता भित्र मौद्रिक नीति ल्याउनेगरी तयारी गरेको देखिन्छ । केन्द्रीय बैंकले राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम मौद्रिक नीति सार्वजनिक गर्दै आएको । मौद्रिक नीतिमा सुझाव दिन चाहनेले आर्थिक अनुसन्धान विभागको ठेगानामा पठाउनुपर्नेछ ।

    आगामी वर्षको बजेट प्रस्तुत गरिसकेपछि आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले बजेटसँग तादाम्यता मिलाउनेगरी मौद्रिक नीति आउनेमा आफू विश्वस्त रहेको बताएका थिए । उनले नेपाल राष्ट्र बैंकलाई नचिढ्याउने नीतिअनुरुप यस्तो बताएका थिए ।

    अर्थमन्त्री पुनले भनेजस्तै बजेटले लिएका लक्ष्य र नीतिलाई मौद्रिक नीतिले समेट्छ वा समेट्दैन भन्ने विषय सार्वजनिक भएपछि नै देखिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend