२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

कुमारी बैंकको लिलामी शेयरमा आवेदन दिने अन्तिम मौका आज


सञ्चार डबली
  • मंगलबार, जेठ २२ २०८१
  • 7.4K
    SHARES

  • images
    कुमारी बैंकको लिलामी शेयरमा आवेदन दिने अन्तिम मौका आज


    काठमाडौं । कुमारी बैंक लिमिटेडले लिलामीमा ल्याएको संस्थापक शेयर खरिदका लागि आजसम्म मात्रै आवेदन दिन सकिने भएको छ ।बैंकले जोकोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी जेठ १४ गतेदेखि १० लाख कित्ता शेयर लिलामीमा ल्याएको हो ।

    न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपियाँ तोकिएको यस शेयर खरिदका लागि खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । बोलकबोल पेस गर्दा न्यूनतम एक लाख कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत कबोल गरी बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नक्साल–काठमाडौंमा आजसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend