२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रभु बैंक र युएसएड ट्रेडबीच एक सम्झौता पत्रमा हस्ताक्षर


सञ्चार डबली
  • सोमबार, जेठ २१ २०८१
  • 6.8K
    SHARES

  • images
    प्रभु बैंक र युएसएड ट्रेडबीच एक सम्झौता पत्रमा हस्ताक्षर

    काठमाडौँ, जेठ २१ । प्रभु बैंक लिमिटेड र युएसएड ट्रेड एण्ड कम्पिटिटीभनेसबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरुको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने ‘Empowering Agro & Tourism Industry for Sustainable Growth for Future Nepal’ नामक परियोजनाका लागि सम्झौता भएको हो ।

    उक्त सम्झौता पत्रमा युएसएडका तर्फबाट प्रतिनिधि मार्कस् मुलर ज्युले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरको हुन् ।

    सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend