२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आज नेप्सेमा सामान्य अंकको गिरावट, १२ उपसमूह राताम्मे


सञ्चार डबली
  • सोमबार, जेठ २१ २०८१
  • 8.3K
    SHARES

  • images
    आज नेप्सेमा सामान्य अंकको गिरावट, १२ उपसमूह राताम्मे


    काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा सामान्य अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक ३ दशमलव ९७ अंकले घटेर २०७९ दशमलव ०७ को विन्दुमा पुगेको छ ।

    सोमबार ३१६ कम्पनीका ५९ हजार २ सय ९५ पटकको कारोबारमा ८८ लाख २० हजार १ सय २५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ४० लाख ७० हजार रुपैयाँ रहेको छ ।

    त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५८ अंकले घटेर ३७० दशमलव ०६ को विन्दुमा पुगेको छ । १३ उपसमूहमध्ये १२ वटा घटेर राताम्मे भएका छन् भने माइक्रो फाइनान्स कम्पनी १०६ दशमलव ७९ अंकले बढेको छ ।सोमबार निर्जीवन बीमा कम्पनीहरू र निर्माण कम्पनीहरू सर्वाधिक घटेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend