२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आजदेखि दुबै सदनमा बजेटमाथि छलफल,त्यसपछि अर्थमन्त्रीको जवाफ


सञ्चार डबली
  • आइतबार, जेठ २० २०८१
  • 9.4K
    SHARES

  • images
    आजदेखि दुबै सदनमा बजेटमाथि छलफल,त्यसपछि अर्थमन्त्रीको जवाफ

    काठमाडौँ, जेठ २० । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि आज अर्थात् आइतबारबाट प्रतिनिधिसभामा छलफल हुँदैछ ।

    अर्थमन्त्री वर्षमान पुनले गत दुबै सदनमा मंगलबार प्रस्तुत गरेको बजेटमाथि सामान्य छलफललाई प्रतिनिधि सभाले सम्भावित कार्यसूचीमा राखेको छ ।

    बजेटमाथि छलफल गर्न आइतबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।  प्रतिनिधि सभामा आइतबार, सोमबार र मंगलबार बजेटमाथि छलफल हुनेछ भने बुधबार अर्थमन्त्री पुनले जवाफ दिनेछन् ।

    यसैगरी, यो दिन, राष्ट्रिय सभामा प्रस्तुत उक्त बजेटको राजस्व तथा वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि १ः१५ बजे बैठक बोलाइएको छ ।

    राष्ट्रिय सभामा भने तीन दिनसम्म बजेटमाथि छलफल हुने छ । त्यसपछि अर्थमन्त्रीले जेठ २३ गते अर्थमन्त्रीले जवाफ दिने पूर्वनिर्धारित योजना छ ।

    सरकारले आगामी आवको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend