२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आईपीओ निष्कासन गर्दै पवर्त पैयु खोला हाइड्रोपावर


सञ्चार डबली
  • आइतबार, जेठ २० २०८१
  • 8.2K
    SHARES

  • images
    आईपीओ निष्कासन गर्दै पवर्त पैयु खोला हाइड्रोपावर

     

    काठमाडौं । पवर्त पैयु खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । जेठ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न असार ३ गते विशेष साधारण सभा आह्वान गरेको छ ।उक्त सभा काठमाडौं टोखामा रहेको कम्पनीको कार्यालयमा बिहान १० बजेदेखि ३ बजेसम्म आयोजना हुनेछ ।

    उक्त सभामा आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्नुपरेमा वा प्रस्तावित संशोधनमा नियमनकारी निकायाबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालन समितिलाई दिने विशेष प्रस्ताव पारित गरिनेछ ।

    यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने प्रस्ताव पारित गरिनुका साथै कम्पनीको आयोजना,संरचना, बिक्री वा हस्तान्तरणका लागि आवश्यक प्रक्रिया पुरा गर्न गर्नुपर्ने सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend