२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ बाट सम्मानित कुमारी बैंक


सञ्चार डबली
  • शुक्रबार, जेठ १८ २०८१
  • 7.6K
    SHARES

  • images
     इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ बाट सम्मानित कुमारी बैंक


    काठमाडौं । ग्राहकहरुलाई फाइनासिल १०.२५ कोर बैंकिङ सफ्टवेर मार्फत सरल र सुरक्षित बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंक लिमिटेडले इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ मा उल्लेखनीय सफलता हासिल गरेको छ । 

    इन्फोसिसद्वारा आयोजित उक्त अर्वाड वितरण समारोहमा १० विधाका २०० मनोनयनहरू मध्ये, कुमारी बैंक कोर बैंकिङ ट्रान्फरमेसन विधा तर्फ उत्कृष्ट रहेकोले उक्त उपलब्धिको लागि प्रोसेस इनोभेसन श्रेणीमा स्वर्ण विजेता घोषित भएको छ ।

    इन्फोसिस को फिनाकल कोर बैंकिङ सफ्टवेरले बैंकिङ्ग क्षेत्रमा सरलता, उत्कृष्टता र विश्वसनीयता कायम गर्न सफल रहेको छ । कुमारी बैंकले प्राप्त गरेको यो उपधिले भविस्यमा नवीन प्रविधिमार्फत बैंकिङ्ग क्षेत्रलाई अझै सहज र सुरक्षित बनाई सूचना प्रविधिमा नयाँ आयाम थप गर्न प्रतिबद्ध रहको छ ।

    विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend