२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आयातमा कर बढाएपछि स्वदेशी उद्योगहरू बन्द हुने अवस्थामा 


सञ्चार डबली
  • शुक्रबार, जेठ १८ २०८१
  • 5.9K
    SHARES

  • images
    आयातमा कर बढाएपछि स्वदेशी उद्योगहरू बन्द हुने अवस्थामा 


    काठमाडौं । सरकारले दाल उद्योगको कच्चा पदार्थ (दाल गेडागुडी) आयातमा कर बढाएपछि स्वदेशी उद्योगहरू बन्द हुने अवस्थामा पुगेको नेपाल चामल तेल दाल उद्योग संघले बताएको छ । सरकारले आर्थिक बर्ष २०८१र८२ को बजेटमार्फत दैनिक प्रयोग हुने अत्यावश्यक खाद्यान्नको प्रसोधन गरी बिक्री वितरण गर्ने दाल उद्योगको कच्चा पदार्थ आयातमा अत्याधिक १० प्रतिशत अग्रिम आयकर लगाउँदा नेपालका उद्योगहरू बन्द हुने अवस्थामा पुगेको संघका अध्यक्ष कुमुद दुगडले बताए ।

    उनका अनुसार कच्चा पदार्थ आयातमा १० प्रतिशत अग्रिम आयकर थपिँदा आयातित तयारी दाल गेडागुडी र खुला सिमानाबाट आयात हुने दाल गेडागुडीसँग प्रतिस्पर्धा गर्न नसकी स्वदेशी उद्योग बन्द हुनेछन् । हाल मिलको कच्चा दाल र गेडागुडी आयातमा १० प्रतिशत भन्सार महसुल लागिरहेको छ । यससँगै अतिरिक्त १० प्रतिशत अग्रिम आयकर भन्सारमै बुझाउने व्यवस्थाले दाल गेडागुडी महँगो हुने उनको भनाइ छ ।

    नेपालमा ३५ वटा दाल उद्योग संचालनमा छन् भने ३५ अर्ब रुपैयाँको लगानी छ । जसबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी ५ हजारले रोजगारी पाएका छन् । साथै, दाल उद्योगहरूले सरकारलाई निरन्तर कर बुझाउँदै राजस्वमा योगदान दिँदै आएका छन् ।

    ‘हाम्रो बिचारमा कुनै उद्योगलाई १० प्रतिशत अग्रिम आयकर लगाउने सरकारको मनसाय भएर दाल उद्योगमा त्रुटीपूर्ण अग्रिम आयकर थपिएको हुन सक्छ । एचएस कोड ०७१३ मा खान हुने बनस्पति र केही जराहरू र गानाहरू भएकोमा आलु प्याजहरू यस्तै हार्मोनिक कोडसँगै भएकाले दालमा पनी त्रुटीपूर्ण समावेश भएको हुनसक्छ,’ संघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    एकातर्फ खुद नाफामा २० प्रतिशत सिमित छ भने अर्कोतर्फ १० प्रतिशत अग्रिम करले न्यूनतम खुद नाफामा ५० प्रतिशत हुनुपर्ने देखाएको संघले बताएको छ । यस्तो अवस्थामा उद्योग बन्द हुने अवस्था सिर्जना भएको संघले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend