२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बिक्री सुरू गर्ने तयारीका साथ बजाज पल्सर ‘एन १५०’ को बुकिङ खुला 


सञ्चार डबली
  • शुक्रबार, जेठ १८ २०८१
  • 7.2K
    SHARES

  • images
    बिक्री सुरू गर्ने तयारीका साथ बजाज पल्सर ‘एन १५०’ को बुकिङ खुला 


    काठमाडौं ।  बजाज पल्सर ‘एन १५०’ को नेपाली बजारमा बुकिङ खुला भएको छ । कम्पनीले स्पोर्टी १५० सीसी पल्सरको ३ लाख ५९ हजार ९०० रुपैयाँ तोकेर बुकिङ खुला गरेको हो । कम्पनीले अबको कैही दिन भित्रमै पल्सर एन १५० को बिक्री सुरू गर्ने तयारीका साथ बुकिङ खुला गरेको हो ।

    बजाज पल्सर एन १५० ग्राहकले बजाजको कुनैपनि शोरुमबाट बुकिङ गर्न सक्नेछन् । पल्सर एन १५० निकै स्पोर्टी डिजाइन र यो सेग्मेन्टमा नै धेरै फिचर भएको मोटरसाइकल भएको कम्पनीको भनाई छ । पल्सर एन १५० मा १४९.६८ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन दिइएको छ । यो इन्जिनले १४.३ बीएच पावर तथा १३.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

    पल्सर एन १५० मा इन्फिनिटी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, चार्जिङ पोर्ट, एबीएस जस्ता फिचर उपलब्ध छ । पल्सर एन १५० को प्रतिस्पर्धी मोटरसाइकल आरटीआर १६० को टप भेरियन्टको मूल्य ३ लाख ७४ हजार ९०० र यामाहा एफजेडएस भी ३ को मूल्य ४ लाख ५ हजार रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend