२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बजेटपछि ओरालो दिसा तिर लम्किदै पुँजीबजार, लगानीकर्ताको मनोबल कमजोर हुँदा १० उपसूचक राताम्य


सञ्चार डबली
  • बिहीबार , जेठ १७ २०८१
  • 6.7K
    SHARES

  • images
    बजेटपछि ओरालो दिसा तिर लम्किदै पुँजीबजार, लगानीकर्ताको मनोबल कमजोर हुँदा १० उपसूचक राताम्य

    काठमाडौं, जेठ  १७ । बजेट पछिका दुबै कारोबारमा शेयर बजार ओरालो लागेको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा पुँजी बजार माथि उठ्न सकेको छैन । बजेट मार्फत लगानीकर्ताले ठुलो आश गरेका थिए । तर, बजेटमा लगानीकर्ताको माग सम्बोधन हुन नसक्दा मार्केट सुधार तिर जान सकेको छैन ।

    नियामक निकायले यो बेला लगानीकर्ताको मनोबल उच्च बनाउनु पर्ने देखिन्छ । तर, नियामककै कसिलो नीतिको मारमा शेयर बजार पर्न गरेको देखिन्छ । हुनत बजारको सत्रु मानिने ब्याजदर घटि रहेको छ । अझै पनि कर्जाको माग भने बढ्न सकेको छैन ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) १९.८९ अकंले घटेर २०६९.५३ बिन्दुमा बन्द भएको छ । साताको अन्तिम कारोबारको दिन ३११ कम्पनीको ९८ लाख ६४ हजार ४८२ कित्ता शेयर किनबेच हुँदा४ अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।

    आज १० उपसूचक राताम्य भएका छन् । बैंकिङ समूहको १.७२ प्रतिशत, विकास बैंक समूहको ०.९७ प्रतिशत, होटल तथा पर्यटन समूहको २.५३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.१७ प्रतिशतले शेयर मूल्य घटेको हो ।

    share-1-1.jpg

    बिहिबार चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज नेपाल फाइनान्स, अप्पर लोहोरे खोला, भगवती हाइड्रोपावर र मनकामना इन्जिनिरिङको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend