२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा 


सञ्चार डबली
  • बिहीबार , जेठ १७ २०८१
  • 8.5K
    SHARES

  • images
    हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा 


    काठमाडौं । हिमालयन बैंक लिमिटेडका ७ जना संस्थापक सेयरधनीले १५ लाख कित्ता बढी सेयर बिक्री गरेर बाहिरिन खोजेका छन् । बैंकका ७ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १५ लाख ५१ हजार २५ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।

    सेयर बेचेर बाहिरिन खोज्नेमा सेयरधनी अशोक अग्रवाल छन् । उनले आफ्नो स्वामित्वमा रहेको ३१ हजार ६ सय १५ कित्ता सेयर बिक्री गर्न लागेका छन् । यस्तै सुखबहादुर गुरुङले १३ हजार ९२२ कित्ता, राजेन्द्र भक्त श्रेष्ठ १६ हजार ८ सय १३ कित्ता र हरिहरप्रसाद लामिछानेले १६ हजार १ सय ६ कित्ता सेयर बिक्री गर्न लागेका छन् ।

    यसैगरी जीतकुमार श्रेष्ठले २० हजार ४ सय ८१ कित्ता, काशीराम ढकालले ९ सय ४ कित्ता र प्रभा गोयन्का भीमसरीयाले १४ लाख ५१ हजार १ सय ८४ कित्ता सेयर बिक्री गर्न लागेका छन् ।

    यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानुन विभागमा आवश्यक कागजातसहित निवेदन पेस गर्न सक्नेछन् ।

    संस्थापक सेयरहरूको मूल्य बिक्रेताअनुसार फरक–फरक भएकाले रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend