२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

घट्यो सेयर बजार, ४ अर्ब ५७ करोडको कारोबार  


सञ्चार डबली
  • बुधबार, जेठ १६ २०८१
  • 7.0K
    SHARES

  • images
    घट्यो सेयर बजार, ४ अर्ब ५७ करोडको कारोबार  

     

    काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक २३.८१ अंकले घट्दै २०८९.४२ को विन्दुमा रह्यो । परिसूचक घटे पनि सेयर कारोबार निराशाजनक भने छैन । १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँमा किनबेच भएको छ । वाणिज्य बैंक उपसमूहमा २.९४ प्रतिशतले गिरावट आउँदा परिसूचक घटेको हो । 

    २.६८ प्रतिशतले बढेको उत्पादन तथा प्रशोधन उपसमूहले बजार थामेको छ । यो सँगै होटल तथा पर्यटन, व्यापार र फाइनान्स उपसमूह बढेका छन् । म्युचुअल फण्ड स्थिर रह्यो भने १३ मध्ये ८ उपसमूहका सेयरमा गिरावट छ । 

    ५६ कम्पनीको सेयरमूल्य बढ्दा चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अपर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयरमा सर्किट लागेको हो । 

    सर्वाधिक कारोबार हुनेमा पोखरा फाइनान्स परेको छ । उक्त क्मपनीको १९ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै सीइडीबी हाइड्रोपावरको १९ करोड २७ लाख, सर्वोत्तम सिमेन्टको १४ करोड १० लाख, एनआरएन इन्फ्रस्ट्रक्चरको १० करोड २८ लाख र हाथवे इन्भेस्टमेन्टको १० करोड ३ लाखको सेयर कारोबार भएको छ । 

    १९१ कम्पनीको सेयरमूल्य घट्दा बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ता सर्वाधिक ९.४१ प्रतिशतको नोक्सानीमा रहे । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१, बाराही हाइड्रोपावर, एनएमबि बैंक घट्नेको सूचीमा छन् ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend