२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बजेटले जनतामा आशाको सञ्चार गरेको छ : पूर्वप्रधानमन्त्री खनाल


सञ्चार डबली
  • बुधबार, जेठ १६ २०८१
  • 6.1K
    SHARES

  • images
    बजेटले जनतामा आशाको सञ्चार गरेको छ : पूर्वप्रधानमन्त्री खनाल

    काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारबाट प्रस्तुत आगामी आर्थिक वर्षको बजेट जनतामा आशाको सञ्चार गराउने किसिमको भएको बताएका छन् । 

    रासस केन्द्रीय कार्यालयमा आज समसामयिक विषयमा संवाद गर्दै पूर्वप्रधानमन्त्री खनालले विगतमा बजेट जनताका आमूल परिवर्तनका अपेक्षा र चाहनालाई सम्बोधन नगरी आउने गरेकामा यस पटक भूमिसुधार, कृषि क्रान्ति, सहकारीकरण, औद्योगिकीकरण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा प्राथमिकता सहित आएको प्रतिक्रिया दिए । 

    सङ्घीय संसद्को संयुक्त बैठकमा मङ्गलबार अर्थमन्त्री वर्षामान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका थिए । सम्मानित नेता खनालले भने, “सरकारको नीति तथा कार्यक्रम र बजेटले गरिबी उन्मूलन, रोजगारी सिर्जना र युवाको विदेश बहिर्गमन रोक्ने कार्यक्रम ल्याएको छ । यसमा केही नवीनता छ । बजेटले सकारात्मक एवं आशा सञ्चार गरेको छ ।”

    उनले आफूहरु राजनीतिक स्थिरता र समृद्धिका पक्षमा रहेको उल्लेख गर्दै बजेटमा भएका राम्रा कार्यक्रमको कार्यान्वयन पक्षको सफलतामा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend