२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सेयर बजारमा दोहोरो अंकको गिरावट,साढे ४ अर्बको कारोबार


सञ्चार डबली
  • बुधबार, जेठ १६ २०८१
  • 6.0K
    SHARES

  • images
    सेयर बजारमा दोहोरो अंकको गिरावट,साढे ४ अर्बको कारोबार

    २०८१, जेठ १६ गते

    काठमाडौं : सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । सेयर कारोबार साताको चौथो दिन नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स १.२७ प्रतिशतले घटेर ३७४.०९ विन्दुमा अडिएको छ। यसदिन ३१४ स्क्रिप्सको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर ४ अर्ब  ५७ करोड ५० लाख  ६३ हजार २७४ रुपैयाँमा खरिदबिक्री भए । 

    नेप्से दोहोरो अंकले घटेपनि चारवटा स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। युनिलिभर नेपाल,कालिञ्चोक दर्शन,अपर लाहोर खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो। बुद्ध भूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ९.४१ प्रतिशतले घट्यो।

    कारोबार  रकमका  आधारमा पोखरा फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १९ करोड  ५२ लाख मूल्य बराबरको सेयर खरिदबिक्री भयो। सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १९ करोड २७ लाख मूल्य बराबरको सेयर कारोबार हुँदा सर्वोत्तम सिमेन्टको १४ करोड,एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट र हाथवे इन्भेस्टमेन्टको  १० /१० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

    कारोबारमा आएका ५६ स्टक्सको मूल्य बढ्दा १९१ वटाको घट्यो। चार समूहको उपसूचक बढ्दा अन्यको उपसूचक नकारात्मक देखिएका छन्। यसदिन  फाइनान्स,होटल्स एन्ड टुरिजम, मनु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक सकारात्मक देखिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend