२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

मुक्तिनाथ बैंकका ग्राहकहरूलाई पोखराको ‘दीर्घायु पोखरा अस्पताल’ मा विशेष छुट


सञ्चार डबली
  • बुधबार, जेठ १६ २०८१
  • 7.2K
    SHARES

  • images
    मुक्तिनाथ बैंकका ग्राहकहरूलाई पोखराको ‘दीर्घायु पोखरा अस्पताल’ मा विशेष छुट

    काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरूलाई थप सेवा दिन कास्कीको पोखरा–८, पृथ्वीचोकमा रहेको ‘दीर्घायु पोखरा अस्पताल’(Dirghayu Pokhara Hospital ) सँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।

    यस व्यावसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले ‘दीर्घायु पोखरा अस्पताल’ कोे विभिन्न सेवाहरू जस्तै अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधी , आदिमा विशेष २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरि रहेको VISA Network मा आबद्ध अन्य जुन सुकै बैंकको  ATM Machine बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

    त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend