२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आईपीओ निष्कासन गर्दै भिजन ईनर्जि, जेठ ३२ गते पारित गर्ने 


सञ्चार डबली
  • बुधबार, जेठ १६ २०८१
  • 7.7K
    SHARES

  • images
    आईपीओ निष्कासन गर्दै भिजन ईनर्जि, जेठ ३२ गते पारित गर्ने 

     


    काठमाडौं । भिजन ईनर्जि एण्ड पावर लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ निष्कासनको प्रस्ताव पारितका लागि कम्पनीले जेठ ३२ गते विशेष साधारण सभा बोलाएको छ । भर्चुअल विधिमार्फत कम्पनीले दिनको ३ बजे सभा गर्न लागेको हो । 

    शेयरधनीहरूलाई विशेष साधारण सभामा भाग लिनका लागि जुम लिंक इमेल तथा एसएमएसमार्फत उपलब्ध गराईने जानकारी कम्पनीले दिएको छ । कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्नेछ । 

    कम्पनीले आफ्नो जारी पूँजीको १५ प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend