२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

एनआईसी एशिया बैंकद्वारा ग्राहकलाई प्रदान गरिने कर्जा छुट सम्वन्धी योजना सार्वजनिक


सञ्चार डबली
  • बुधबार, जेठ १६ २०८१
  • 7.9K
    SHARES

  • images
    एनआईसी एशिया बैंकद्वारा ग्राहकलाई प्रदान गरिने कर्जा छुट सम्वन्धी योजना सार्वजनिक


    काठमाडौं ।‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले देशमा आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न २०८० चैत्र मसान्तसम्ममा भाखा नाघेका कर्जाकोहकमा  ऋणीले कर्जा रकम २०८१ जेष्ठ महिना भित्रमा चुक्ता गरेमा जरिवाना छुट र साधारण वक्यौता ब्याज रकममा समेत  छुट प्रदान गर्ने योजना ल्याएको छ ।

    क्र.सं. भाखा नाघेको समयावधि साधारण ब्याज रकममा छुट (प्रतिशत)

    १- ९१ दिनदेखि १८० दिन १५ प्रतिशत
    २- १८१ दिनदेखि ३६५ दिन २५ प्रतिशत
    ३ -३६५ दिनभन्दा बढि ३५ प्रतिशत

    मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जालगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जामा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्ने छ । राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पु-याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले ऋणीका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो । बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म भएपनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend