२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

मन्त्रालयगत बजेट: कुन मन्त्रालयलाई कति ?


सञ्चार डबली
  • मंगलबार, जेठ १५ २०८१
  • 6.6K
    SHARES

  • images
    मन्त्रालयगत बजेट: कुन मन्त्रालयलाई कति ?

    काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेको छ ।

    विनियोजन बजेट मध्ये चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ९६१।३१ प्रतिशत०, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१८।९४ प्रतिशत० र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड ९१९।७४ प्रतिशत० विनियोजन गरिएको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए ।

    यस्तै खर्च बेहोर्ने स्रोतका रूपमा सरकारले आगामी आर्थिक वर्ष राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बेहोर्ने र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ व्यवस्था गरिने बताएको छ ।यसोगर्दा अपुग हुने ५ खर्ब ४७ अर्ब ६७ करोडमध्ये वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ बेहोर्ने र आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाइने सरकारले जनाएको छ ।

    आर्थिक उपार्जन तथा संवृद्धिको खाका कोर्ने गरी आएको दाबी गरिएको बजेटमा शिक्षा क्षेत्रलाई सबैभन्दा बढी रकम विनियोजन भएको छ । बजेटले आगामी आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ भने मुद्रास्फीति ५।५ प्रतिशतको सीमा राख्ने सरकारले जनाएको छ ।

    बजेटको मन्त्रालयगत वितरण

    –कृषि तथा पशुपक्षी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड

    –उर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड

    –सञ्चार मन्त्रालयका लागि ७ अर्ब ३५ करोड

    –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ५५ करोड रुपैयाँ

    –भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ६ अर्ब ८२ करोड रुपैयाँ

    –वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ

    –शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ

    –उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड रुपैयाँ

    –खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ

    –श्रम तथा रोजगार मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ

    –भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ

    –रक्षा मन्त्रालयका लागि ५९ अर्ब ७७ करोड रुपैयाँ

    –गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ

    –परराष्ट्र मन्त्रालयका लागि ६ अर्ब ७७ करोड रुपैयाँ

    –स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ

    –युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रुपैयाँ

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend