२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

रास्वपाका तीन उम्मेदवार लामिछाने, वाग्ले र खरेल चुनाव लड्ने पक्का, आज पत्रकार सम्मेलन गर्दै


सञ्चार डबली
  • सोमबार, चैत २० २०७९
  • 9.8K
    SHARES

  • रास्वपाका तीन उम्मेदवार लामिछाने, वाग्ले र खरेल चुनाव लड्ने पक्का, आज पत्रकार सम्मेलन गर्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन उम्मेदवारले पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । रास्वपाका चितवन–२ का उम्मेदवार रवि लामिछाने, तनहुँ–१ का उमेदवार स्वर्णिम वाग्ले र बारा–२ का उमेदवार रमेश खरेलले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । 

    रास्वपाको उमेदवार छनोटका लागि भएको आन्तरिक प्रतिस्पर्धामा अन्य उम्मेदवारले खरेल र वाग्लेलाई समर्थन गरेपछि उनी पार्टीबाट निर्विरोध उम्मेदवार बनेको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए । चितवन–२ का लागि भने लामिछानेको एकल नाम थियो । 

    खरेलले गएको मंसिर ४ मा भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए । उनी नेपाल सुशासन पार्टी दर्ता गराएर चुनावी मैदानमा होमिएका थिए । तर, सफल हुन सकेनन् । अर्थशास्त्री वाग्लेले बिहीबारमात्र नेपाली कांग्रेसबाट राजीनामा दिएका थिए ।

    पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा शनिबार अपराह्न ४ बजे हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend