२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि


सञ्चार डबली
  • बिहीबार , फागुन २४ २०८०
  • 11.7K
    SHARES

  • images
     नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि


    काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बिहीबार पनि अघिल्लै दिनको नियति दोहोरिएको छ । नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनभन्दा पनि घटेको छ । नेप्से १३.५१ अंकले बढेर २०३०.५५ विन्दुमा पुगे पनि कारोबार रकम घटेको हो । बिहीबार ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार नेप्से ९.३३ अंकले बढेर परिसूचक २०१७.०३ विन्दुमा रहँदा कारोबार रकम ३ अर्ब ४५ करोड रुपैयाँ थियो । जबकी मंगलबार ७०.३१ अंकले बजार घट्दा पनि कारोबार ४ अर्ब ४ करोडको भएको थियो । 

    दलीय सत्ता समीकरण फेरबदलसँगै मंगलबार मात्रै बुधबार मात्रै अर्थमन्त्री फेरिएका छन् । अर्थमन्त्रीमा माओवादी नेता वर्षमान पुन आउँदा सेयर बजार परिसूचक बढे पनि कारोबार रकम घट्दा भने बजारले उनको आगमनलाई खासै उत्साहजनक नलिएको संकेत दिएको छ । उनको आगमनमा सेयर बजारका लगानीकर्ताले ‘पर्ख र हेर’ को मनस्थितिमा देखिएका छन् । 

    बिहीबार होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापारबाहेकका १० उपसमूहको सेयरमूल्य बढेको छ । सर्वाधिक निर्जीवन बीमा समूह १.५६ र जलविद्युत १.१४ प्रतिशतले बढेका छन् । कारोबार भएकामध्ये १ सय ७६ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन् । ५९ कम्पनीको घटेको छ भने ११ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । 

    सेयरमूल्य सर्वाधिक बढ्नेमा पिपुल्स हाइड्रोपावर छ । सर्वाधिक कारोबार हुनेमा नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, सोनापुर मिनरल्स, मोलुङ हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट छन् । नेपाल पुनर्बीमाको ५६ करोड २० लाख, शिवम्को १६ करोड ४१ लाख  र सोनापुरको १३ करोड ४१ लाखको सेयर किनबेच भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend