२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

मोरङमा किशोरीको हत्या गर्ने २४ घन्टा नबित्दै पक्राउ


सञ्चार डबली
  • मंगलबार, फागुन २२ २०८०
  • 13.2K
    SHARES

  • images
    मोरङमा किशोरीको हत्या गर्ने २४ घन्टा नबित्दै पक्राउ

     
    काठमाडौं । रहस्यमय तरीकाले एक किशोरीको  विभत्स हत्या गरि फरार रहेको अभियुक्तलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ ।पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरी रहेका छन् । रगतको छिर्का नसुक्दै प्रहरी वरिष्ठ उपरीक्षक नवराज कार्कीको कुशल अनुसन्धानमा प्रहरीले घट्ना भएको भोलिपल्टै हत्यारालाई पक्राउ गर्न सफल भएको हो। 

    अहिले साँझ ५ बजे मोरङ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी हत्यारालाई सार्वजनिक गर्ने भएको छ।किशोरीको शव पोस्टमार्टमको लागि धरान स्थित बिपि स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ शवको पोस्टमार्टम भोली गरिने भएको छ।

    उनलाई सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०ः३० बजेतिर धारिलो हतियार प्रहार गरिएको थियो । ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको प्रहरीको भनाइ छ।प्रहरीका अनुसार उनी पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend