२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

भविष्यमा गठबन्धन गर्ने नगर्ने निर्णय अहिले नै गर्नु उचित हुँदैन : सभापति देउवा


सञ्चार डबली
  • सोमबार, फागुन ७ २०८०
  • 8.8K
    SHARES

  • images
    भविष्यमा गठबन्धन गर्ने नगर्ने निर्णय अहिले नै गर्नु उचित हुँदैन : सभापति देउवा


    काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीमा सोमबारबाट महासमिति बैठक सुरु भएको हो । महासमिति बैठकमा महामन्त्री गगन थापाले पेस गर्ने सांगठनिक प्रतिवेदनमा समेटिएको गठबन्धनको विषयलाई लिएर सभापति शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गरेका छन् । 

     महामन्त्री थापाले तयार पारेको सांगठनिक प्रतिवेदनमा समेटिएको चुनावअघि गठबन्धन नगर्ने शब्द हटाउने प्रयास गरिरहेका सभापति देउवाले बैठकको उद्घाटनसत्रमै यसबारे धारणा राखेर आफ्नो असहमति देखाइसकेका छन् । 

     बैठक सुरु हुनुअघि सोमबार बिहान आफ्नै निवास बुढानिलकण्ठमा सभापति देउवाले महामन्त्री थापासँग चुनावअघि गठबन्धन नगर्ने शब्द हटाउन आग्रह गरेका थिए । तर, महामन्त्री थापाले मानेनन् । फेरि छलफल गर्नेगरी बुढानिलकण्ठबाट बाहिरिएर नेताहरु गोदावरी पुगे । 

    गोदावरी पुगेर महासमिति बैठकको उद्घाटनसत्रलाई सम्बोधन गर्दै सभापति देउवाले भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने कुरा तत्कालीन परिस्थितिले निर्धारण गर्ने भएकाले अहिले नै निर्णय लिनु उचित नहुने जवाफ महामन्त्री थापालाई दिएकाक छन् । 

    गठबन्धनको निरन्तरता राजनीतिक जिम्मेवारी भएको बताएका सभापति देउवाले तत्कालीन परिस्थितिले गठबन्धन गर्ने वा नगर्ने भन्ने कुरा निर्धारण गर्ने बताए । तर, अहिले नै यसबारे निर्णय लिनु उचित नहुने उनको दाबी छ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend