२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

क्रोनिक क्यापिटलिज्मले गर्दा नेताहरु व्यापारी जस्ता भएका छन् : उपसभापति गुरुङ


सञ्चार डबली
  • सोमबार, फागुन ७ २०८०
  • 7.6K
    SHARES

  • images
    क्रोनिक क्यापिटलिज्मले गर्दा नेताहरु व्यापारी जस्ता भएका छन् : उपसभापति गुरुङ


    काठमाडौं । नेपाली कांग्रेसमा उपसभापति धनराज गुरुङले महासमिति पार्टीको सर्वोच्च निकाय भएकाले जनतामैत्री नीति र विधि बनाउनुपर्ने बताएका छन् । प्रजातान्त्रिक समाजवादको ब्याख्या र परिभाषा सबै तहका जनताहरुको पक्षमा हुुनुपर्ने बताए ।

    ललितपुरको गोदावरीमा शुरु भएको महासमिति बैठकको उदघाटन समारोहमा बोल्दै उनले प्रजातान्त्रिक समाजवादले रुखको फेद बसेर मलजल गर्ने र टुप्पोमा बसेर फल खानेहरुविचको खाडलको अन्त्य गर्नुपर्ने औंल्याए ।

    उनले क्रोनिक क्यापिटलिज्मले गर्दा नेता व्यापारिक जस्ता देखिएकाले क्रोनिक क्यापिटिलीजम्म विरुद्ध उत्रिनुपर्ने बताए । महासमिति बैठक नीति महाधिवेशन पनि भएकाले संगठनका विषयहरुमा घनीभूत छलफल गर्नुपर्ने बताउँदै उनले चुस्त संरचना बनाउन जोड दिए । ‘हामी जनतामा मालिक होइनौं । सेवक हौं भन्ने विषयमा एकमत हुनुपर्छ,’ उनले भने ।

    उपसभापति गुरुङले आगामी महाधिवेशनको मिति तयको बहस महासमिति बैठकमै उठ्नुपर्ने बताउँदै कांग्रेसबाट विजयी भएका वडाध्यक्षदेखि मन्त्रीहरु सबैको सम्पत्ती छानविन गर्नुपर्ने माग गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend