२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

अरुण चौधरी छोड्ने न्यायाधीश अपराधी : नरबहादुर विष्ट


सञ्चार डबली
  • सोमबार, माघ २९ २०८०
  • 8.4K
    SHARES

  • images
    अरुण चौधरी छोड्ने न्यायाधीश अपराधी : नरबहादुर विष्ट


    काठमाडौं ।  सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य नरबहादुर विष्टले न्यायाधीश यज्ञप्रसाद आचार्यलाई अपराधीको संज्ञा दिएका छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोलेका उनले काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले अरुण चौधरीलाई दुई दिनमै छोड्न आदेश दिएको भन्दै आक्रोश पोखे । उनले न्यायाधीशमाथि भ्रष्टाचारी र अपराधीको आक्षेप लगाए ।

    उनले भने, ‘आज भ्रष्टाचारीलाई कारबाही गर्दै गर्दा न्यायालयले २ दिनमै छोड्ने प्रवृत्ति जुन छ। व्यवस्थापिका, न्यायपालिका, कार्यपालिकाको आफ्नै क्षेत्राधिकार छन् तर कार्यपालिकाले गरेका कामहरुलाई पनि हस्तक्षेप गर्ने जुन न्यायपालिकामा अवस्था छ। मैले आज न्युज सुनेँ। अरुण चौधरीलाई दुई दिनभित्रै छोड्ने न्यायाधीश मुगु सरुवा भयो रे। कारबाहीस्वरूप। मुगु भनेको नेपालमै हो । मुगुमै किन सरुवा गर्नुप¥यो । त्यो अनैतिक हो, भ्रष्टाचारी हो, त्यो अपराधीलाई दण्ड दिने ठाउँमा उसलाई न्यायपरिषद्ले कारबाही गर्नुपर्दथ्यो । सरुवा गरेर त त्यहाँ पनि त त्यस्तै गर्ला उसले। त्यसैले यो बिडम्वनाको कुरा हो।’

    उनले अपराधीलाई दण्ड दिनुपर्ने भन्दै सरुवाको सट्टा न्यायाधीशलाई कारबाही गर्नुपर्ने बताए । बाँसबारी  छाला जुत्ता कम्पनीको जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुण कुमार चौधरीलाई म्याद थप्न आनाकानी गर्दै दुई दिनभित्र रिहा गर्न आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको मुगुमा काज सरुवा भएको छ।

    सरकारले थुप्रै राम्रा काम गर्दागर्दै पनि देशमा फेरि पनि भ्रष्टाचार र गरिबीले आक्रान्त बनाएको बताएका उनले भ्रष्टाचारको छानविन र कारबाहीको लागि बनाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको काममा पनि विस्वास गर्न नसक्ने बताए ।  राष्ट्रको शत्रु भ्रष्टाचार भएको बताएका उनले पक्ष र प्रतिपक्ष नभनि भ्रष्टाचार निवारणमा एक भएर लाग्नुपर्नेमा जोड दिँदै एक शक्तिशाली आयोगको माग उनले गरे । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend