२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने,जोगाउने, पाल्ने, पुज्ने पार्टी होइन– सभापति लामिछाने


सञ्चार डबली
  • सोमबार, चैत २७ २०७९
  • 10.2K
    SHARES

  • images
    ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने,जोगाउने, पाल्ने, पुज्ने पार्टी होइन– सभापति  लामिछाने

    काठमाडौं, चैत २७ गते । आफूलाई चुनाव हराउने अभियानका क्रममा अडियो सार्वजनिक भएको भन्दै त्यसले कुनै फरक नपार्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बताएका छन् । सभापति लामिछाने चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनका उम्मेदवार हुन । आज सामाजिक सञ्जालमार्फत सभापति लामिछाने भ्रष्टाचारविरुद्धको आफ्नो अभियान जारी रहेको बताउँदै पार्टीभित्रका जो कोही भए पनि कारबाही हुने बताए हुन।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने,जोगाउने, पाल्ने, पुज्ने पार्टी होइन । पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहँदैनौं । कडा भन्दा कडा कारबाही गर्छौं । आलु कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ।’‘दोषी ठहर भए अर्को व्यक्तिलाई सांसद ल्याउछौँ ।’उनले आफ्नो पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठको दुई करोड काण्डबारे बोल्दै आइतबार ७२ घण्टाको समय मागेका थिए ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend