नन्द बहादुर रोकाया
बैशाख २९ मुगु -
मुगु जिल्लाको एक मात्र अस्पताल जिल्ला अस्पताल मुुगुुमा औषधि अभाव, दक्ष जनशक्ति नहुदाँँ अस्पताल आफै थलिएको छ । १५ सैय्याको एक मात्र अस्पतालमा औषधीको अभाव र दक्ष प्राविधिक जनशक्ति नहुँदा अस्पताल आफै थलिएको हो । सरकारले ९८ प्रकारका औषधी निशुल्क उपलब्ध गराउने भएको भएपनि जिल्ला अस्पताल मुगुमा त्यो औषधी उपल्ध छैन । सामन्य औषधी नपाउदाँ बिरामी निजि मेडिकल बाट महंर्गो खर्चेर किन्न बाध्य भएका छन । २०६३ साल फागुुन ११ गते प्रथामिक सेवा केन्द्र बाट स्तरवृद्धि गराई मुगुमा एउटा १५ शैय्याको सरकारी अस्पताल बनाईएको भएपनि अस्पातलको अवस्था नाजुक जस्तै छ ।
यस अस्पतालमा उपचारका लागी मुुगुु जिल्ला भरीका र केहि हुम्लाका बिरामी यो अस्पतालमा आउने गरेका भएपनि औषधी अभाव, एक्सरे मेसिन लगायतका अन्य अत्याधुनिक उपकरण सञ्चालनमा नआउदाँ बिरामी मर्कामा पर्ने गरेका छन । छायाँनाथ रारा नगरपालिका १३ लुमका गोविन्द्र विक छोराको खुट्टामा चोटपटक लागेपछी उपचारको लागी अस्पताल आएका भएपनि अस्पतालमा एक्सरे मेसिन सञ्चालनमा नहुदाँ छोराको उपचार यहाँ हुन्छ हुदैन अन्योलमा छन । छोराको उपचार गर्न बाहिर जिल्ला लिउ पैसा छैन । यहाँ उपचार गर्ने कुनै वातावरण छैन के गरौ पैसा अभावले अन्योलमा परेको सञ्चारडबलीलाई सुनाए ।
मौसम परिवर्तनको प्रभावले अहिले अस्पतालमा बिरामीको चाप बढेको छ । तर, मुगु अस्पताल र यहाँका बिरामीका विषयमा कसैले चासो दिएका छैनन् अस्पतालमा औषधीको पनि उत्तिकै अभाव छ । सामान्य औषधी अभाव बिरामी निजि मेडिकलमा महंगो खर्चे औषधी किन्न बाध्य छन ।
कर्णाली प्रदेश सरकार मातहतमा रहेको जिल्ला अस्पताल मुुगुुमा प्रदेश सरकारकै व्यवास्ता का कारण यस्तो समस्या भएको देखिन्छ । विशेषज्ञ सेवाका लागी उपलब्ध अक्सिजन पाल्नट,थाईराईड चेक मेसिन,एक्सरे मेसिन लगायत अन्य आवश्यक मेसीन प्रयोगविहिन हुदाँ चिकित्सकहरु लाई पनी उपचारमा समस्या भएको जिल्ला अस्पताल मुगुका चिकित्सक डा रविन्द्र भट्राईले बताए । जिल्ला अस्पताल मुगुमा विशेषज्ञ चिकित्सक ३ जना र चार जना मेडिकल अधिकृतको दरबन्दि छ । तर अहिले एक जना विशेषज्ञ चिकित्सक एमडि जिपि र अन्य मेडिकल अधिकृतको भरमा अस्पताल संचालन भइरहेको छ । दक्ष प्राविधकको समस्याका कारण उपचारका लागी मुगु जिल्ला र हुम्ला जिल्लाका दर्जनौ वस्तीका नागरिक अस्पतालबाट पाउने विशेषज्ञ सेवाबाट बञ्चित भएका जिल्ला अस्पताल मुगुका निमित्त कार्यालय प्रमुख भुवन पुुरीले बताए ।
यहाँ कोरियाली सहयोग एजेन्सी कोइकाले सुविधा सम्पन्न भवन निर्माण गरेको छ । अन्य संस्थाको सहयोगमा विभिन्न उपकरण पनि अस्पतालमा ल्याइएको छ । तर, उपकरण संचालन गर्ने विशेषज्ञ नहुँदा स्थानीय सेवा लिन नेपालगञ्ज, जुम्ला, सुर्खेत र भारतसम्म पुग्न बाध्य भएका नागरिक समाजका अध्यक्ष रुप बहादुर मल्लले बताए । संविधानमा मौलिक हकका रुपमा उल्लेख भएको स्वास्थ्य सेवाको हकबाट मुगुका नागरिक बञ्चित छन् । यससँगै निःशुल्क औषधिसमेत यहाँ पुग्ने गरेको छैन । जसका कारण यहाँका नागरिकले महँगो रकममा निजी फार्मेसीबाट औषधि किन्नु परिरहेको गुनासो गर्ने गरेका छन ।


