काठमाडौँ / नेपालमा Geely Auto Group अन्तर्गतका विद्युतीय सवारी ब्रान्ड रिडाराले चाडपर्वलाई लक्षित गर्दै ‘Festive Adventures Await’ अभियान सार्वजनिक गरेको छ । अभियानअन्तर्गत Riddara ECON इलेक्ट्रिक पिकअप खरिद गर्ने ग्राहकले आकर्षक उपहारसँगै बम्पर पुरस्कार जित्ने अवसर पाउनेछन् ।
अभियान अवधिभर Riddara ECON खरिद गर्ने प्रत्येक ग्राहकले Nothing Phone A4 Pro पक्का उपहार प्राप्त गर्नेछन् । साथै, एक भाग्यशाली ग्राहकले बम्पर पुरस्कारस्वरूप Hero Xpulse Pro मोटरसाइकल जित्ने अवसर पाउनेछन् ।
चाडपर्वको यात्रालाई सहज, आरामदायी र रोमाञ्चक बनाउने उद्देश्यले अभियान ल्याइएको रिडाराले जनाएको छ । दैनिक यात्रा, व्यावसायिक प्रयोग तथा साहसिक यात्राका लागि तयार गरिएको Riddara ECON मा आधुनिक विद्युतीय प्रविधि, उपयोगिता र कार्यक्षमताको संयोजन रहेको कम्पनीको भनाइ छ ।
नेपालका विभिन्न सडकमा सहज रूपमा चलाउन सकिने Riddara ECON 4×4 मा २२५ एमएमको न्यूनतम ग्राउन्ड क्लियरेन्स, ४८५ एनएम पिक टर्क र १ हजार २३५ केजीसम्मको भारवहन क्षमता रहेको छ । यी विशेषताका कारण यो सवारी सहरी सडक, राजमार्ग, उकालो बाटो तथा कठिन भूभागमा समेत प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
Riddara ECON मा सुरक्षा र टिकाउपनलाई पनि प्राथमिकता दिइएको छ । यसमा ब्याट्री सुरक्षाका छवटा प्रमुख प्रविधि तथा धुलो र पानीबाट सुरक्षा प्रदान गर्ने IP68 रेटेड ब्याट्री प्याक उपलब्ध छ । फराकिलो क्याबिन, आकर्षक डिजाइन र उपयोगी कार्गो स्पेसका कारण यो व्यक्तिगत तथा व्यावसायिक दुवै आवश्यकताका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ ।
‘Festive Adventures Await’ अभियानमार्फत चाडपर्वलाई अझ उत्साहपूर्ण बनाउँदै ग्राहकलाई विद्युतीय सवारीसँग नयाँ यात्रा र सम्भावना अनुभव गर्न प्रोत्साहित गर्ने लक्ष्य रिडाराले लिएको छ ।
यो अभियान असोज ६ गतेदेखि कात्तिक २९ गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ । अभियानमा नियम तथा सर्तहरू लागू हुनेछन् ।


