चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ ।
निरन्तरको वर्षासँगै त्रिशूली नदीमा पानीको बहाव बढेपछि आइतबार केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको हो ।
गोरखाको सहिद लखन गाउँपालिका–३, सिलिङटार जोड्ने झोलुंगे पुलमा त्रिशूली नदीको बहावले लगातार प्रहार गरेपछि सडकमा समेत क्षति पुगेको हो ।
वर्षाका कारण नदीले धार परिवर्तन गरेको र झोलुंगे पुलमा तीव्र बहावले निरन्तर प्रहार गर्दा मुख्य राजमार्ग चर्किएको तथा केबलकारतर्फको भित्री सडक भासिएको बताइएको छ ।
सडक भासिएपछि मनकामना केबलकार सेवा अहिले बन्द गरिएको छ ।


