२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

शरणार्थी प्रकरणको अनुसन्धानमा दबाव र प्रभाव पर्नु हुँदैन–गगन थापा


सञ्चार डबली
  • बुधबार, वैशाख २७ २०८०
  • 7.9K
    SHARES

  • images
    शरणार्थी प्रकरणको अनुसन्धानमा दबाव र प्रभाव पर्नु हुँदैन–गगन थापा


    काठमाडौं, बैशाख २७ गते । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा दबाव र प्रभाव पर्न नहुने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न जो सुकै भए पनि कारबाही हुनुपर्ने बताएका छन् ।

    महामन्त्री थापाले भने, ‘यो प्रकरणमा संलग्न जो होस् कारबाहीको दायरामा आउनुपर्छ, बजारको हल्लाले प्रभावित नहोस्, कुनै भेटघाटले पनि प्रभवित नहोस्, कुनै दबावले प्रभावित नहोस् । कुनै पनि कुराले, कहिँको पनि कुराले प्रभावित नहोस्’ ।

    महामन्त्री गगन थापाले अनुसन्धान स्वच्छ र स्वस्थ हुनुपर्ने भन्दै महामन्त्री थापाले सरकारले यो प्रकरणमा दह्रोसँग खुट्टा टेक्नुपर्ने बताएका छन् ।यो प्रकरणमा सरकारको कामकारबाहीलाई सबैले हेरिरहेको भन्दै नागरिकलाई अनुसन्धानमा विश्वास हुने गरी काम गर्नुपर्ने महामन्त्री थापाले बताएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend