२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

एएफसी एशियन कप फुटबलः साउदी अरेविया विजयी


सञ्चार डबली
  • बुधबार, माघ ३ २०८०
  • 8.9K
    SHARES

  • images
    एएफसी एशियन कप फुटबलः साउदी अरेविया विजयी

    काठमाडौं । एएफसी एशियन कप फुटबलमा साउदी अरेवियाले नाटकीय जित निकालेको छ । कतारमा जारी प्रतियोगितामा साउदीले ओमानविरुद्ध २–१ गोल अन्तरको जित निकालेको हो । मंगलबार रातिको खेल बराबरीतर्फ उन्मुख रहेका बेला दोस्रो हाफको अतिरिक्त सयमा साउदीले निर्णायक गोल गरेको थियो ।

    १४ औं मिनेटमा ओमानले पेनाल्टीमार्फत अग्रता लिएको थियो । ओमानका लागि सलाह सइद याहयाले पेनाल्टीमा गोल गरेका हुन् ।विश्वकप फुटबलमा अर्जेन्टिनालाई पराजित गर्दै सनसनी मच्चाएको साउदीले एसिया कपमा पनि दोस्रो हाफको अन्त्यतिर पुनरागमन गर्न सफल भयो ।

    ७८ औं मिनेटमा अब्दुल रहमान अब्दुल्ला अजीबले गोल गर्दै साउदीलाई एक एकको बराबरीमा ल्याएका थिए ।अली हादी मुहम्मद बोलेटले दोस्रो हाफको अतिरिक्त छैटौं मिनेटमा गोल गर्दै अन्त्यमा साउदीलाई २–१ को जित दिलाए ।समूह एफमा ३ अंक जोडेको साउदी दोस्रो स्थानमा रहेको छ । यही समूहमा रहको थाइल्याण्डले कीर्गिस्तानलाई पराजित गर्दै शीर्ष स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend