२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, पैदल यात्राबारे छलफल हुने


सञ्चार डबली
  • बुधबार, माघ ३ २०८०
  • 8.5K
    SHARES

  • images
    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, पैदल यात्राबारे छलफल हुने


    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।बैठक दिउँसो तीन बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार बैठकले पार्टीको आर्थिक तथा प्रशासनिक नियमावली पारित गर्नेछ । 

    त्यस्तै, संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभिन्न विभागहरूको रिपोर्ट कार्डलगायतका बारेमा छलफल हुनेछ । 

    बैठकले सभापति रवि लामिछानले यसअघि गरेको नारायणगढ–बुटवल पदयात्राको समीक्षा गर्नेछ भने पार्टीका तर्फबाट अब गर्ने भनिएको २१ वटा आयोजनाहरूको पैदलयात्राको सम्बन्धमा समेत निर्णय उपसभापति अर्यालले बताए । 

    त्यस्तै, बैठकमा विभागीय कार्यसञ्चालन नियमावली, केन्द्रीय अनुशासन आयोगले प्रस्ताव गरेको आचार संहिता, घरदैलो कार्यक्रमको रिपोर्टलगायतका विषयमा समेत छलफल हुने नेताहरूले जनाएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend