२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

न्यायाधीश गिरीकी श्रीमतीद्वारा सर्वोच्च परिसरमै आत्मदाहको प्रयास


सञ्चार डबली
  • आइतबार, पुस २९ २०८०
  • 11.9K
    SHARES

  • images
    न्यायाधीश गिरीकी श्रीमतीद्वारा सर्वोच्च परिसरमै आत्मदाहको प्रयास

    काठमाडौं । सर्वोच्च अदालतअगाडि एक महिलाले आत्मदाहको प्रयास गरेकी छिन्। आइतबार दिउँसो न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी हुन्।प्रहरीका अनुसार सर्वोच्च अदालत पुगेकी ती महिलाले आफूमाथि मट्टितेल छर्किएकी हुन्।

    प्रहरीले उनलाई तत्काल उद्धार गरी वीर अस्पताल लगेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए। ती महिलाले श्रीमान् गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी थिइन्। उनले गिरीलाई थुनामा राख्न माग गर्दै आएकी छिन्।

    गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगेको थियो। गिरीलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा मुक्त गरेको थियो।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend