२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको पेसी आज


सञ्चार डबली
  • आइतबार, पुस २९ २०८०
  • 8.4K
    SHARES

  • images
    पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको पेसी आज


    काठमाडौं । जिल्ला अदालत रौतहटले पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको पेसी आइतवारलाई तोकेको छ । अदालतले काग्रेस नेता आलम लगायतका ११ जनाविरुद्ध २०७६ साल कात्तिक १८ गते दायर गरेको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा अन्तिम सुनुवाइका लागि सो दिन पेसी तोकेको हो ।

    गएको मंसिर २४ गतेभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएको भए पनि अदालतले सुनुवाइको मिति तोकेको थिएन ।

    सर्वोच्च अदालतबाट समेत उक्त मुद्दामा चासो राख्दै मुद्दा छिटो टुङ्ग्याउन दबाब दिएपछि रौतहट जिल्ला अदालतले आगामी पुस २९ गते आइतबारका लागि पेसी तारेख दिएको छ । आलम हाल थुनामा रहेका छन् । आलमको मुद्धामा आजबाट सुनुवाई हुने भएपछि आलम समर्थकहरु खुशि भएका छन् । उनीहरुले आलम चाडै छुटने अनुमान लगाउदै आएकाछन् ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend