२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी


सञ्चार डबली
  • सोमबार, वैशाख २५ २०८०
  • 9.8K
    SHARES

  • images
    सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौं, २५ वैशाख । प्रतिनिधिसभा सदस्य अमरेशकुमा सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अकुत सम्पत्ति आर्जन गरेको भन्दै सिंहविरुद्ध आज आयोगमा भ्रष्टाचारको मुद्दा दर्ता भएको हो । सर्लाही कांग्रेसको जिल्ला कार्यसमिति सदस्य रहेका विकास ठाकुरले आज उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेका हुन् ।

    कुनै पेसा व्यवसायमा संलग्न नरहेका सिंहले गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा गरेको खर्च र विलासी जीवनशैलीसहितलाई आधार मानेर ठाकुरले आयोगमा उजुरी दिएका हुन् । २०६३ सालबाट राजनीतिमा उदाएका सिंहको आर्थिक फड्को नै भ्रष्टाचारको कारण रहेको निवेदनमा ठाकुरले दाबी गरेका छन् ।

    कांग्रेस छाडेर प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्रबाट चुनाव लडेर विजयी भएका सिंह पछिल्लो समय कांग्रेसप्रति आक्रामक ढङ्गमा प्रस्तुत हुँदै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend