२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

लगातारकाे वर्षापछि बीपी राजमार्गसहित काभ्रेका विभिन्न सडक अवरुद्ध


सञ्चार डबली
  • आइतबार, असोज ११ २०८३
  • 1.1K
    SHARES

  • images
    लगातारकाे वर्षापछि बीपी राजमार्गसहित काभ्रेका विभिन्न सडक अवरुद्ध

    काभ्रे । लगातारको वर्षाका कारण काभ्रेका विभिन्न स्थानमा सडक भासिने, कटान हुने तथा पहिरो खस्ने क्रम बढेपछि बीपी राजमार्गसहित विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।

    बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–६ चौकीडाँडामा करिब २५० मिटर सडक बगेको छ। यस्तै, रोशी गाउँपालिका–७ घुमाउनेमा सडक कटान भएको छ भने सोही वडाको चारसयमा पहिरो गएको छ ।

    रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा ढुंगा र लेदोसहित पहिरो खसेको छ। रोशी–११ कालढुंगामा सडक कटान हुनुका साथै पिप्लेमा पहिरो गएको छ। रोशी–१२ माम्तीमा समेत सडक कटान भएको जनाइएको छ । यसैबीच, धुलिखेल नगरपालिका–८ जिपलाइनस्थित अरनिको राजमार्गमा सडक माथिबाट ढुंगा–माटोसहित पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    काभ्रेभञ्ज्याङबाट नमोबुद्ध जाने भित्री सडकखण्ड करिब २५ मिटर भासिएर अवरुद्ध भएको छ। रोशी गाउँपालिका–७ घुमाउनेमा खोलाको पानी बढेर एकतर्फी सञ्चालनका लागि खोलिएको सडकसमेत कटान गरिरहेको प्रहरीले जनाएको छ ।

    त्यस्तै, पनौती नगरपालिका–१० पाटीखर्कदेखि बेथानचोक गाउँपालिका–४ खहरेखोलासम्मको भित्री सडकखण्डमा ठाउँ–ठाउँमा सडक अवरुद्ध भएको छ । काभ्रेमा आज पनि लगातार पानी परिरहेको र सडक खुलाउने समय निश्चित नभएको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend