२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

पर्वतमा कालीगण्डकीको बाढीले करिब ८० घर बगायो


सञ्चार डबली
  • आइतबार, असोज ११ २०८३
  • 913
    SHARES

  • images
    पर्वतमा कालीगण्डकीको बाढीले करिब ८० घर बगायो

    पर्वत । कालीगण्डकी नदीमा आएको बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेका करिब ८० घर बगेका छन् ।

    शनिबार रातिदेखि बस्तीमा बाढी पस्न थालेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । बाढीबाट मानवीय क्षति भए–नभएको भने अझै यकिन हुन सकेको छैन ।

    बाढीका कारण अन्य घरसमेत जोखिममा परेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ चण्डिका गण पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय बासिन्दा तथा घरका सामान सुरक्षित स्थानमा सारेको छ ।

    घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बाढीका कारण विद्युत् र फोन सम्पर्कमा समेत समस्या भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend