२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

हस्तकला ग्रामको निर्माणको निम्ती तत्कालै सरकारको उच्चस्तरमा छलफल गरिनेछ : गृहमन्त्री श्रेष्ठ


सञ्चार डबली
  • शनिबार, पुस २८ २०८०
  • 8.2K
    SHARES

  • images
    हस्तकला ग्रामको निर्माणको निम्ती तत्कालै सरकारको उच्चस्तरमा छलफल गरिनेछ : गृहमन्त्री श्रेष्ठ


    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले हस्तकला ग्रामको निर्माणको निम्ती तत्कालै सरकारको उच्चस्तरमा छलफल गरिने प्रतिबद्धता जनाएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल हस्तकला महासंघको ४३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दैै उनले बागमती सरकारले १३ वटा जिल्लामा हस्तकला ग्राम निर्माण गर्ने भनेर नीतिगत निर्णय गरेको तर प्रक्रिया अगाडि नबढाएको भन्दै उक्त विषयलाई तत्कालै सरकारको उच्चस्तरमा छलफलको विषय बनाइने प्रतिबद्धता जनाएका हुन् ।

    उनले भने,‘हस्तकला ग्राम बागमती सरकारले १३ वटा जिल्लामा निर्माण गर्ने भनेर नीतिगत निर्णय गरेको तर प्रक्रिया अगाडि नबढेको स्थिति रहेछ । उक्त निर्णयलाई कार्यान्वयन गर्ने र देशका सबै प्रदेशहरुमा हस्तकला ग्रामको निर्माणको निम्ती सकारात्मक रुपले सोचेर तत्कालै सरकारको उच्च स्तरमा छलफलको विषय बनाइनेछ ।’

    उनले परिवर्तनमा जनताको अपेक्षा र आजको आवश्यकता अनुसार विकास र समृद्धिको गतिलाई तिव्रता दिन नसकेको बताए । जनताको अपेक्षा र आजको आवश्यकता अनुसार विकास र समृद्धिको गतिलाई तिव्रता दिनु नै आजको मुख्य कार्यभार रहेको उनको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend